News
बिरगंज युनाइटेडका खेलाडी हान्स क्वोफीको कार दुर्घटनामा निधन
काठमाडौं । बहुप्रतिक्षित नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण बिरगंज युनाइटेडबाट खेलेका घानाका मिडफिल्डर हान्स क्वोफीको निधन भएको छ । ३५ वर्षिय क्वोफीको शुक्रबार दुर्घट्नामा परि निधन भएको हो ।
हान्सको निधनबारे केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगै उनकै पूर्व क्लब मिडिमा एससीले पनि सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ । आफ्नो व्यवसायीक करियरमा १४ भन्दा बढी क्लबबाट खेलेका हान्सले गत सिजन नेपाल सुपर लिग खेल्न पनि भ्याएका थिए ।
घानाका लागि अन्तर्राष्ट्रिय म्याच पनि खेलेका हान्सले घानाको राष्ट्रिय टोलीका लागि सन् २०१५ मा भएको कोसाफा कप अन्तर्गत् माडागास्कर विरुद्ध खेल्दै अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)