काठमाडौं । साउदी अरब बस्ने नेपाली खेलप्रेमीले वाफ फुटबल च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला टोलीका खेलाडी, प्रशिक्षक र अफिसियललाई प्रोत्साहन स्वरुप केल्मीको टिसर्ट प्रदान गरेका छन् ।
महिला फुटबल संघको पहलमा टोलीलाई प्रोत्साहन स्वरुप टिसर्ट प्रदान गरिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य समेत रहेकी महिला फुटबल संघकी अध्यक्ष पेमा डोल्मा लामा, राखेपकी सदस्य एवं संघकी महासचिव विना श्रेष्ठ, उपाध्यक्ष लुना प्रधान, सदस्य एवं राष्ट्रिय महिला फुटबल टिमकी पूर्व कप्तान चन्द्रा भण्डारी, फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङलगायतले टिसर्ट हस्तान्तरण गरे ।
यसअघि महिला फुटबल संघकै पहलमा वाफ फुटबल च्याम्पियनसिपको उपविजेता टोलीलाई साउदी अरबमा बस्दै आएका बुटवल उपमहानगरपालिका ११ का यमबहादुर गुरुङ (यम तमु) को प्रायोजनमा १० लाख नगदसहित सम्मान गरिएको थियो ।
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)