News बागमती फाइनलमा, उपाधिका लागि धरानसँग भिड्ने
गोलनेपाल

गाईघाट । बागमती युवा क्लब, सर्लाही यहाँ जारी दोस्रो उपमेयर महिला गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो सेमिफाइनलमा बागमतीले घरेलु टोली गाईघाट फुटबल क्लबलाई २–० ले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

थरुहट गाईघाट रंगशालामा भएको खेलमा बागमतीका लागि अनिता राना मगर र सलिना भ्लोनले एक–एक गोल गरे । खेलमा बागमतीकी अनिता राना मगर प्लेयर अफ द म्याच घोषित भईन् ।

अब यही असार १८ गते हुने फाइनलमा बागमतीले धरान महिला फुटबल क्लब, सुनसरीसँग उपाधिका लागि भिड्नेछ । उदयपुर जिल्ला फुटबल संघको आयोजना तथा त्रियुगा नगरपालिका, गाईघाट, उदयपुरको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १० हजार हात पार्नेछ भने उपविजेताले ५५ हजार प्राप्त गर्नेछ ।

Post Comments