News
न्यू ब्वाइज एफसीलाई उपाधि
युएई । यहाँ आयोजित ग्रीन सिटी गोल्ड कप २०२४ को उपाधि न्यू ब्वाइज एफसीले जितेको छ । न्यू ब्वाइजसँग फाइनल खेलमा लालीगुराँस एफसी स्तब्ध बनेको हो ।
शनिबार राति युएईको दुबईमा भएको ग्रीन सिटी गोल्डकप २०२४ को फाइनलमा न्यू ब्वाइज एफसीले पेनाल्टी सुटआउटमा ६-५ गाेलअन्तरमा लालीगुराँस एफसीलाई जितेको हो । निर्धारित समयमा दुवै टिमले गाेलरहित बराबरी खेलेका थिए ।
विशाल तामाङ प्लेयर अफ दी टुर्नामेन्ट घोषित भए । उनले २ सय दिराम (नेपाली १० हजार) नगद पाए । सर्वाधिक गाेलकर्ता आशिष ज्ञवाली भए । विजेता न्यू ब्वाइज एफसीले ३ हजार पायो भने उपविजेताले २ हजार दिराममा चित्त बुझायो । गोल्डकपमा १६ टिमको सहभागिता रहेको केशव बराइलीले जानकारी दिए ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने