काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा वार्षिक रुपमा हुने महत्वाकांक्षी एन्फा यु–१८ युथ लिग यही असार ३० देखि शुरु हुने भएको छ ।
एन्फाले लिगमा सहभागि हुने क्लबहरुसँग बसेको पटक–पटकको बैठक पश्चात युथ आयोजनाबारे आधिकारिक रुपमा मितिसहित घोषणा गरेको हो । लिगका सबै खेलहरु सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुनेछन् ।
एन्फाका अनुसार प्रतियोगितामा कुल १२ ए डिभिजन क्लबहरुले सहभागिता जनाउने छन् । डबल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । प्रतियोगिताको खेलतालिका छिटै प्रकाशित गरिने पनि एन्फाले जानकारी दियो ।
सहभागि टोलीहरुः
एपिएफ फुटबल क्लब, एफसी खुमलटार, चर्च ब्वाईज युनाइटेड क्लब, जावलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, न्युरोडटिम, संकटा क्लब, थ्रीस्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, सातदोबाटो युथ क्लब
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)