News मञ्चसंग सहकार्य गर्न राखेप तयार
गोलनेपाल

काठमाडौं । खेलाडीलाई हौशला दिने कार्यका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेपाल खेलकुद पत्रकार मञ्चसंग सहकार्य गर्न तयार रहेको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बताएका छन् ।

विश्व खेलकुद पत्रकार दिवसका अवसरमा आयोजित ओलम्पिकमा नेपालको सहभागिता बिषयमा भएको अन्तरक्रिया कार्यक्रममा सदस्य–सचिव घिसिङले यस्तो बताएका हुन् ।

खेलकुद पत्रकारले प्रोफाईल तथा स्टोरी मार्फत खेलाडीहरुलाई सहयोग गर्नु पर्ने बताए । खेलाडी भित्रको प्रतिभालाई सन्चारकर्मीले मात्र उजागर गर्न सक्ने सदस्य सचिव घिसिङको भनाई छ ।

खेलकुद विश्वविद्यालयका लागि परिषद्ले अध्ययन प्रतिवेदन मन्त्रालयमा पेश गरि सकेको भन्दै हालकै विश्वविद्यालयहरुले खेलकुद फ्याकल्टी मार्फत अध्यापनको व्यवस्था गर्नु उचित हुने धारणा उनको छ ।

मञ्चका कार्यवाहक अध्यक्ष निरन्जन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, ओलम्पियन दिपक बिष्ट, खेलकुद पत्रकार मन्चका पूर्व अध्यक्षहरु अजय फुयाल र महेश आचार्यले ओलम्पिकमा नेपालको सहभागिता सम्बन्धमा अनुभव राखेका थिए ।

Post Comments