काठमाडौं । खेलाडीलाई हौशला दिने कार्यका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेपाल खेलकुद पत्रकार मञ्चसंग सहकार्य गर्न तयार रहेको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बताएका छन् ।
विश्व खेलकुद पत्रकार दिवसका अवसरमा आयोजित ओलम्पिकमा नेपालको सहभागिता बिषयमा भएको अन्तरक्रिया कार्यक्रममा सदस्य–सचिव घिसिङले यस्तो बताएका हुन् ।
खेलकुद पत्रकारले प्रोफाईल तथा स्टोरी मार्फत खेलाडीहरुलाई सहयोग गर्नु पर्ने बताए । खेलाडी भित्रको प्रतिभालाई सन्चारकर्मीले मात्र उजागर गर्न सक्ने सदस्य सचिव घिसिङको भनाई छ ।
खेलकुद विश्वविद्यालयका लागि परिषद्ले अध्ययन प्रतिवेदन मन्त्रालयमा पेश गरि सकेको भन्दै हालकै विश्वविद्यालयहरुले खेलकुद फ्याकल्टी मार्फत अध्यापनको व्यवस्था गर्नु उचित हुने धारणा उनको छ ।
मञ्चका कार्यवाहक अध्यक्ष निरन्जन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, ओलम्पियन दिपक बिष्ट, खेलकुद पत्रकार मन्चका पूर्व अध्यक्षहरु अजय फुयाल र महेश आचार्यले ओलम्पिकमा नेपालको सहभागिता सम्बन्धमा अनुभव राखेका थिए ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै