News
भारतले भियतनाममा ट्राई नेशन्स सिरिज खेल्ने

काठमाडौं । भारतीय राष्ट्रिय पुरुष फुटबल टोलीले भियतनाममा तीन देश सम्मिलित भिएफएफ ट्राई नेशन्स सिरिज खेल्ने भएको छ । सो कुराको पुष्टी अल इण्डिया फुटबल फेडरेशन (एआइएफएफ) ले पनि आधिकारिक रुपमा पुष्टी गरेको छ ।
उक्त प्रतियोगिता आउँदो अक्टुबर ९ देखि १५ तारीखसम्म भियतनामको हो चि मिन शहरमा हुनेछ । प्रतियोगितामा भारत बाहेक आयोजक भियतनाम र लेबनानले सहभागिता जनाउने छन् ।
स्मरणीय छ, यसअघि भारतले मलेसियामा हुने प्रतिष्ठित मर्डेका कप र थाइल्याण्डमा हुने किंग्स कप खेल्ने कार्यक्रम पनि थियो । तर, अन्तिम समयमा आएर भारतले भियतनाममा ट्राई नेशन्स सिरिज खेल्ने निर्णय गरेको बताइएको छ ।
Post Comments