News
भारतले भियतनाममा ट्राई नेशन्स सिरिज खेल्ने
काठमाडौं । भारतीय राष्ट्रिय पुरुष फुटबल टोलीले भियतनाममा तीन देश सम्मिलित भिएफएफ ट्राई नेशन्स सिरिज खेल्ने भएको छ । सो कुराको पुष्टी अल इण्डिया फुटबल फेडरेशन (एआइएफएफ) ले पनि आधिकारिक रुपमा पुष्टी गरेको छ ।
उक्त प्रतियोगिता आउँदो अक्टुबर ९ देखि १५ तारीखसम्म भियतनामको हो चि मिन शहरमा हुनेछ । प्रतियोगितामा भारत बाहेक आयोजक भियतनाम र लेबनानले सहभागिता जनाउने छन् ।
स्मरणीय छ, यसअघि भारतले मलेसियामा हुने प्रतिष्ठित मर्डेका कप र थाइल्याण्डमा हुने किंग्स कप खेल्ने कार्यक्रम पनि थियो । तर, अन्तिम समयमा आएर भारतले भियतनाममा ट्राई नेशन्स सिरिज खेल्ने निर्णय गरेको बताइएको छ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल