
काठमाडौं । एसइइ दिएर बसेका युवा खेलाडीहरुका लागि यही असार २५ र २६ गतेका दिन एसइइ कप फुटसल प्रतियोगिता हुने भएको छ । बलकोट ब्वाईज फुटसलमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क २५०० तोकिएको छ । जसमा ५०० रुपैयाँ पछि फिर्ता हुने बताइएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजारका साथ एक लाख सम्मको छात्रवृत्ति पाउने छन् । त्यस्तै दोस्रो स्थान हासिल गर्ने टोलीले १० हजारका साथ ८० हजार सम्मको छात्रवृत्ति पाउने छन् भने तेस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार सम्मको छात्रवृत्ति पाउने आयोजकले जानकारी दियो ।
त्यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्ता गरी तीन विधामा उचित पुरस्कारसहित एक लाख सम्मको छात्रवृत्तिको व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ ।
थप जानकारीका लागि माथि उल्लेखित नम्बरमा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।