News सगरमाथालाई एम्पुटी फुटबल उपाधि
गोलनेपाल

काठमाडौं । सगरमाथाले पारा तथा विशेष खेलकुदअन्तर्गत एम्पुटी पुरुष फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । 

च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा भएको फाइनलमा सगरमाथाले नेपाल आर्मीलाई टाइब्रेकरमा ५–३ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । आर्मीबाट पेरिस पारालिम्पिकमा नेपालबाट पौडीमा सहभागिता जनाउने भीमबहादुर कुमालले पनि खेलेका थिए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा एम्पुटी खेलकुद समाज, नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा पिस युनाइटेड तेश्रो भयो । पिस युनाइटेडले राइजिङ युथलाई ३–१ गोलले हरायो ।

Post Comments