News मन्त्र फुटसल कप यही साउन १९ गते हुँदै
गोलनेपाल

काठमाडौं । मन्त्र स्पोर्टस हबको आयोजनामा यही साउन १९ गते (अगस्त ३ तारीख) का दिन मन्त्र फुटसल कप हुने भएको छ । मनकामना फुटसलमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४५०० तोकिएको छ । जसमा ५०० पछि फिर्ता हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उप्स नेपालमार्फत १० हजार बराबरको भौचर प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले २० हजारसहित उप्स नेपालमार्फत ८ हजार बराबरको भौचर प्राप्त गर्नेछ । साथै ट्रफी, मेडल र प्रमाणपत्रको पनि व्यवस्था गरिएको आयोजकका आशिक अधिकारीले जानकारी दिए ।

त्यसवाहेक व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि यही साउन १८ गतेसम्म टिमदर्ता खुला गरिएको छ । थप जानकारीका लागि ९७४९७१०१४३ मा सम्पर्क गर्न सकिने पनि आयोजकले जानकारी दियो ।

 

Post Comments