काठमाडौं । राष्ट्रिय यु–२० पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुको संख्या ३० मा झारिएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार बन्द प्रशिक्षणबाट १० खेलाडीहरुलाई बाहिर निकालेका छन् ।
स्मरण रहोस, नेपाली यु–२० टोली हाल यही अगस्त १८ देखि २८ तारीखसम्म नेपाल मै हुने साफ यु–२० च्याम्पियनसिप र एएफसी यु–२० एसियन कप छनौटको तयारीमा छ ।
अन्तिम ३० मा पर्न सफल खेलाडीहरुको नामावलीः
गोलकिपर्सः अमित टमाटा, बिशाल बिसी, जियारथ शेख, क्रिसल मोक्तान
डिफेन्डर्सः आयुष तिम्सिना, आश्विन घोरासैनी, बिक्रम तामाङ, इक्षाङ लिम्बु, मदन पौडेल, निन्साङ लिम्बु, निर्मल बल, राम थापा, समिन घिमिरे, सिमान्त थापा, युनिष बुढाथोकी
मिडफिल्डर्सः अविनाश स्याङतन, जन प्रकाश बम, कुशल देउवा, लक्षु थापा, सरोज दर्लामी
फरवार्डसः अनिल बम्जन, धनसिंह बिक, धर्बेन्दर कुँवर, हरिष राज भट्ट, निमा वांगेल लामा, निरज कार्की, निराजन धामी, रोहत खड्गी, समिर तामाङ, सन्दिप लामा
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)