News यु–१३ इन्टर स्कुल फुटसल हुँदै
गोलनेपाल

काठमाडौं । केके स्पोर्टस एकेडेमीको आयोजनामा यही साउन १८ र १९ गतेका दिन यु–१३ फाईभ ए साईड इन्टर स्कुल फुटसल प्रतियोगिता हुने भएको छ ।

वेदव्यास विद्याश्रम बोर्डिङ स्कुलको विशेष सहयोगमा हुन गईरहेको दुई दिने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४००० तोकिएको छ ।

ग्यालेक्सी पब्लिक स्कुल, ज्ञानेश्वरको फुटसल मैदानमा हुने प्रतियोगिताको विजेता, उपविजेतासँगै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

त्यस्तै विस्तृत जानकारीका लागि सम्पर्क नम्बर 9840579520 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।

Post Comments