News
यु–१३ इन्टर स्कुल फुटसल हुँदै
काठमाडौं । केके स्पोर्टस एकेडेमीको आयोजनामा यही साउन १८ र १९ गतेका दिन यु–१३ फाईभ ए साईड इन्टर स्कुल फुटसल प्रतियोगिता हुने भएको छ ।
वेदव्यास विद्याश्रम बोर्डिङ स्कुलको विशेष सहयोगमा हुन गईरहेको दुई दिने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४००० तोकिएको छ ।
ग्यालेक्सी पब्लिक स्कुल, ज्ञानेश्वरको फुटसल मैदानमा हुने प्रतियोगिताको विजेता, उपविजेतासँगै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
त्यस्तै विस्तृत जानकारीका लागि सम्पर्क नम्बर 9840579520 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि