काठमाडौं । एन्फा युथ लिग यु–१८ फुटबल प्रतियोगिता अन्तर्गत एनआरटीले आफ्नो शिर्षताको होड कायम राख्दा संकटा क्लबले सिजनको पहिलो जित दर्ता गरेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले मच्छिन्द्र फुटबल क्लबलाई शून्यका विरुद्ध ३ गोलले हरायो । यो नतिजापछि ६ खेलबाट १३ अंक जोडेको एनआरटीले शिर्ष टोली नेपाल पुलिस क्लबसँग अंक बराबरी गरेको छ ।
यद्यपि पुलिसले एक खेल कम खेलेको छ । त्यस्तै पराजित मच्छिन्द्रको खातामा भने ६ खेलबाट ११ अंक छ र शिर्ष तीन कै होडमा आफुलाई कायम राखेको छ ।
बुधबार नै भएको अर्को खेलमा संकटा क्लबले पहिलो जित हात पार्ने क्रममा त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले हरायो । यो जितपछि संकटाको खातामा ६ खेलबाट ६ अंक भएको छ र लिगतालिकाकोमध्यतिर उक्लिन सफल भएको छ । पराजित आर्मीको खातामा भने ४ अंक छ ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”