काठमाडौं । एन्फा युथ लिग यु–१८ फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले आफ्नो उत्कृष्ट लयलाई कायम राखेको छ । शुक्रबार भएको छैठौं चरणको खेलतर्फ पुलिसले खुमलटारलाई २–१ ले हरायो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसका लागि कप्तान सुवास बम र गणेश पुलामीले गोल गरे । पराजित खुमलटारका लागि भने छिरिङ तामाङले गोल फर्काएका थिए ।
यो नतिजापछि ६ खेलबाट १६ अंक जोडेको पुलिसले फेरि शिर्ष स्थानमा आफ्नो पकड बनाएको छ । पराजित खुमलटार भने ३ अंकका साथ पुछार मै संघर्षरत छ ।
त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा चर्च ब्वाईज युनाइटेडले सातदोबाटो युथ क्लबमाथि १–० को जित निकाल्यो । चर्च ब्वाईजको जितमा पवन कुमार श्रेष्ठले एक मात्र निर्णायक गोल गरे ।
यो नतिजापछि ६ खेलबाट १० अंक जोडेको चर्च ब्वाईज शिर्ष पाँचमा छ । पराजित सातदोबाटोको खातामा भने ४ अंक छ र पुछारतिरै संघर्षरत छ ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन