काठमाडौं । एन्फा युथ लिग अन्तर्गत एनआरटीले आफूलाई शिर्षताको होडमा उभ्याएको छ भने शिर्ष तीन मै रहेको मनाङ मस्र्याङ्दी क्लबले स्तब्धपुर्ण हार बेहोरेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–२ ले हरायो । यो नतिजापछि ७ खेलबाट १६ अंक जोडेको एनआरटीले लिगलिडर पुलिससँगको अंक बराबरी गरेको छ । यद्यपि पुलिसले एक खेल कम खेलेको छ । पराजित आर्मीको भने ४ अंक छ र लिगतालिकाको अन्तिमतिरै संघर्षरत छ ।
त्यस्तै आइतबार नै भएको अर्को खेलमा मच्छिन्द्र फुटबल क्लबले मनाङ मस्र्याङ्दी क्लबलाई ३–२ ले हरायो । यो जितपछि मच्छिन्द्रको ७ खेलबाट १४ अंक जोडेको छ । त्यस्तै पराजित मनाङको भने १५ अंक छ र लिगतालिकाको शिर्ष तीन मै यथावत छ ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान