काठमाडौं । एन्फा युथ लिग अन्तर्गत सातौं चरणको खेलमा मनाङ मस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबले आ–आफ्नो खेलमा जित निकाल्दै महत्वपूर्ण तीन–तीन अंक जोडेका छन् ।
एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले एनआरटीमाथि २–१ को जित निकाल्यो । मनाङका लागि दर्शन अधिकारी र सुजल डंगोलले गोल गरे । पराजित एनआरटीका लागि भने सन्तोष गोङ्बाले गोल फर्काएका थिए ।
यो जितपछि ८ खेलबाट १८ अंक जोडेको मनाङ लिगतालिकाको दोस्रो स्थानमा उक्लेको छ । पराजित एनआरटी भने १६ अंकका साथ तेस्रो स्थानमा झरेको छ ।
बुधबार नै भएको अर्को खेलमा जावलाखेलले खराब लयमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ ले हरायो । जावलाखेलको जितमा विवश दर्लामीले दुई गोल गर्दा थप एक गोल आर्मीले आत्मघाती गोलका रुपमा खान पुगेको थियो । उता आर्मीका लागि भने रोहित श्रेष्ठले एक मात्र गोल फर्काए ।
यो नतिजापछि ८ खेलबाट ८ अंक जोडेको जावलाखेल लिगतालिकाको मध्यतिर उक्लिएको छ । पराजित आर्मी भने ४ अंकका साथ पुछार तिरै संघर्षरत छ ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)