News प्रथम गौतम बुद्ध कपको तयारी पूरा (खेलतालिकासहित)
सुरज राना मगर

कञ्चन । आउँदै गरेको नेपाली महिलाहरुको महान चाड हरितालिका (तीज) को अवसर पारी गौतम बुद्ध सामुदायिक विकास संस्था, कञ्चन–५, पिपरिचापा, रुपन्देहीको आयोजनामा यही भदौ ५ गतेदेखि शुरु हुने प्रथम गौतम बुद्ध कप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रतियोगिताबारे जानकारी गराउन आयोजकले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै खेलतालिका समेत सार्वजनिक गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा भदौ ५ गतेका दिन गोर्खा ब्वाईज स्पोर्टस क्लब र ढावा फुटबल क्लबबीच हुने खेलतालिकामा उल्लेख छ ।

पत्रकार सम्मेलनमा बोल्दै खेल संयोजक रोशन पुनले अस्थायी प्यारापिट, खेलमैदान लगायतका प्रतियोगिताको आवश्यक सबै तयारीहरु पूरा भएको जानकारी दिए । प्रतियोगिताको विजेताले उपाधिसहित नगद नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने समेत संयोजक पुनले बताए ।

सोही अवसरमा बोल्दै आयोजक संस्थाका अध्यक्ष कमल दर्जीले प्रतियोगिता पहिलोपटक आयोजना गरिए तापनि प्रतियोगितालाई सफलताका साथ सम्पन्न आफूहरुले सक्दो प्रयास र मेहनत गर्ने बताए । आयोजकका अनुसार प्रतियोगिता कै अवसर पारी तीज विशेष मनोरञ्जनात्मक कार्यक्रमको पनि आयोजना गरिने अध्यक्ष दर्जीले जानकारी दिए ।

रुपन्देही र कपिलवस्तुका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने भदौ २० गतेका दिन हुने खेलतालिकामा उल्लेख छ ।

खेलतालिका हेर्नुहोस्ः

Post Comments