News
प्रथम चन्द्रागिरी यु–२० फुटसल यही भदौ १९ गते
काठमाडौं । प्रथम चन्द्रागिरी यु–२० फुटसल प्रतियोगिता यही भदौ १९ गते हुने भएको छ । त्रिनेत्र फुटसल कोर्टमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि यही भदौ १५ गतेसम्म टिमदर्ता खुला गरिएको छ ।
साथै टिमदर्ता शुल्क ३५०० तोकिएको छ । जसमा टिमदर्ता गर्दा १५०० अनिवार्य रुपमा अग्रिम भुक्तानी गर्नुपर्ने आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
विस्तृत जानकारीका लागि सम्पर्क नम्बरहरु 9808878607, 9767300113 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि