News
प्रथम टुगेदर कप यु–१८ फुटबल प्रतियोगिता हुँदै
काठमाडौं । डिए ब्वाईज फुटबल क्लबको आयोजनामा यही भदौ १५ गतेदेखि प्रथम टुगेदर कप यु–१८ सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
गोलढुंगा स्थित अर्यालटार खेलमैदानमा हुने प्रतियोगिताको यही भदौ ११ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । टिमदर्ता शुल्क ३००० तोकिएको छ भने १५०० अनिवार्य रुपमा अग्रिम भुक्तानी गर्नुपर्ने आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
त्यस्तै प्रतियोगिताबारे विस्तृत जानकारीका लागि सम्पर्क नम्बरहरु 9767300113, 9761854200 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन