News
एन्फा महिला लिगः कोशीको उत्कृष्ट शुरुवात
काठमाडौं । आइतबारदेखि शुरु भएको बहुप्रतिक्षित एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगितामा कोशी प्रदेश महिला फुटबल टिमले उत्कृष्ट शुरुवात गरेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा कोशीले वालिङ नगरपालिका, स्याङ्जालाई शून्यका विरुद्ध ४ गोलले हरायो । कोशीको जितमा समिक्षा मगरले दुई गोल गर्दा सन्जुमाया तामाङ र प्रतिक्षा राईले समान एक–एक गोल गरे ।
त्यसअघि प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले गरेका थिए । सो अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)