News
मकवानपुर जिल्ला लिगः नामटार र न्यु कम्बाईनको जित

हेटौडा । मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न भएका दुई खेलहरुमा नामटार फुटबल क्लब र न्यु कम्बाईन क्लबले जित हात पारेका छन् ।
गौरीटार मैदानमा भएको खेलमा नामटारले हटिया स्पोर्टसलाई २–१ ले हरायो भने सिमलटार खेलमैदानमा भएको अर्को खेलमा न्यु कम्बाईनले ७ नम्बर फुटबल टिमलाई ३–० ले पराजित गर्यो ।
त्यस्तै आइतबार नै गौरीटार र सिमलटारमा १ बजे हुने भनिएको शुरुवाती दुई खेलहरु भने विविध कारणवश स्थगित गरिएको छ । साथै स्थगित भएका खेलहरु अर्को सूचना जारी गरी छिटै जानकारी गराइने लिग संयोजक युवराज लामाले बताए ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । लिगको समापन असोज ९ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा