काठमाडौं । नेपाली फुटबल खेलाडीहरुको छाता संगठन नेपाल फुटबल खेलाडी संघले विभिन्न मागहरु राख्दै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
खेलाडी संघको तर्फबाट अध्यक्ष बिक्रम लामाले एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा खेलाडीहरुको भविष्यलाई सुनिश्चत गर्न फुटबल कार्यक्रमहरुलाई ठोस रुपमा निरन्तरता दिन अनुरोध गरिएको छ ।
नेपालमा घरेलु फुटबलको सिजन शुरु भईसकेकाले एन्फाले आफू मातहत आयोजना गर्ने फुटबल प्रतियोगिताहरुलाई क्याण्डरअनुसार नै तोकिएको मितिमा आयोजना गर्न समेत आग्रह गरिएको छ ।
त्यस्तै गत वर्ष हुन नसकेको बी डिभिजन लिग यस वर्ष पनि हुने नहुने अनिश्चित रहेको चर्चा गर्दै खेलाडी संघका अध्यक्ष लामाले त्यसतर्फ पनि सहजीकरण गर्न आग्रह गरेका छन् ।
साथै खेलाडीसंघले ए डिभिजन लिग र चचिृत नेपाल सुपर लिगलाई एन्फाले निश्चित योजना बनाएर समयमै आयोजना गर्नुपर्नेमा जोड समेत दिएको छ ।
हेर्नुहोस ध्यानाकर्षण पत्रको विस्तृत रुपः

- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”