News
महिला लिगः बागमतीको शानदार शुरुवात
काठमाडौं । जारी एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगितामा बागमती युवा क्लब, सर्लाहीले उत्कृष्ट जितका साथ प्रतियोगितामा शानदार शुरुवात गरेको छ ।
सोमबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीले सुदुरपश्चिम प्रदेशलाई ५–१ ले हराउँदै लिगमा उत्कृष्ट शुरुवात गरेको हो ।
बागमतीका लागि अस्मिताले ह्याट्रिक पूरा गरिन् । त्यस्तै सहारा लिम्बु र आरती भुजेलले थप एक–एक गोल गरे । उता पराजित सुदुरपश्चिमका लागि तुलसा बोहराले एक मात्र सान्त्वना गोल फर्काईन् ।
खेलमा बागमतीका लागि ह्याट्रिक गरेकी अस्मिता खवास नै खेलको प्लेयर अफ द म्याच घोषित भईन् ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)