News
कृत्रिम घाँसे मैदान निर्माणका लागि एन्फा र धुलिखेल बीच सम्झौता
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र धुलिखेल नगरपालिकाबीच धुलिखेल खेल मैदानमा कृत्रिम घाँसे मैदान निर्माणको लागि सम्झौता भएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको सम्झौतापत्रमा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ्ग र धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार व्यान्जुले हस्ताक्षर गरे ।
हस्ताक्षर कार्यक्रममा एन्फा महासचिव किरण राई र धुलिखेल–३ का वडा अध्यक्ष गणेश आचार्य लगायलतका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
स्मरण रहोस, भाद्र ११ र १३ गते सम्पन्न एन्फा कार्यसमितिको सातौं बैठकले सो मैदान निर्माणका लागि १ लाख अमेरिकी डलर विनियोजन गरेको छ ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”