News
लिस्नु क्वाटरफाइनलमा प्रवेश

कुञ्जलापुर । लिस्नु युवा क्लब, कोटिहवा यहाँ जारी स्व. खगी गुरुङसेनी स्मृति ३६औं झरना कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको प्रिक्वाटरफाइनलतर्फ लिस्नुले सुनौलो संगम युवा क्लब, देवीनगरलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो ।
खेलमा लिस्नुका शिशिर लेखी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत असोज ५ गते शनिबारको खेल योङ स्टार क्लब, मडाहा र समपुर्ण युवा क्लब, सुपौली बीच हुने खेल संयोजक विजय पुनले जानकारी दिए ।
स्व. खगी गुरुङसेनीको स्मृतिको उनको श्रीमान तथा वरिष्ठ समाजसेवी क्याप्टेन नरजंग गुरुङले प्रायोजन गरेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ३१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ८१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असोज १७ गतेका दिन हुनेछ ।
Post Comments