News
साफ यु–१७ च्याम्पियनसिपः पाकिस्तानसँग हार्यो नेपाल

काठमाडौं । शनिबारदेखि भुटानमा शुरु भएको साफ यु–१७ च्याम्पियनसिपमा पनि नेपालले खराब शुरुवात गरेको छ । समूह बी मा रहेको नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ०–१ ले पराजित हुँदै प्रतियोगितामा खराब शुरुवात गर्न बाध्य बनेको हो ।
थिम्पु स्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा पाकिस्तानका लागि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मुहम्मद तल्हाले खेलको अन्तिमतिर गरेको एक मात्र गोल नेपाललाई शुरुवाती खेलमै हार दिलाउन निर्णायक गोल बन्यो ।
नेपालले अब आफ्नो आगामी खेल सोमबार श्रीलंकासँग खेल्नेछ । त्यस्तै सोही दिन पाकिस्तानले घरेलु टोली भुटानको सामना गर्ने कार्यक्रम छ ।
Post Comments