News
इजरायलः सातौं बलिहाङ कप हुँदै
काठमाडौं । ‘एकता र मित्रताको लागि फुटबल’ भन्ने मूल नाराका साथ इजरायलमा रहेका प्रवासी नेपालीहरु बीच शुक्रबारदेखि सातौं वलीहाङ्ग कप फुटबल प्रतियोगिता हुँदैछ ।
किराँत याक्थुम चुम्लुङ इजरायलको आयोजनामा मक्कावी तेल अविव ट्रेनिङ ग्राउण्डमा हुने प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी समेत पूरा भएको छ । प्रतियोगितामा इजरायलमा रहेका कुल १० नेपाली समुदायका फुटबल टोलीहरुले सहभागिता जनाउँदैछन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८००० सेकल हात पार्नेछ भने उपविजेताले ४००० सेकलसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि नगद ४०० सेकलसहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने