News बेलका गोल्डकपः जेएसवाइसी, मोरङको शानदार शुरूवात
गोलनेपाल

बेलका । उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार स्पोर्टस क्लब सिराहलाइ ४-० गोलले पराजित गर्दै जेएसवाइसी प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको हो । 

खेलको म्यान अफ द म्याच जेएसवाइसीका जिवन गुरूङ घोषित हुँदै पच्चिस सयका साथ ट्रफि प्राप्त गरे । कार्तिक ४ गते दोस्रो क्वाटरफाइनलमा एभरेस्ट फुटबल क्लब बराहक्षेत्र सुनसरी र आयोजक ब्रदरहुड फुटबल क्लब भिड्नेछन ।

Post Comments