News दोभान कपः खस्यौली, दमकडा र मणिमुकुन्दको जित
सुरज राना मगर

दोभान । यहाँ जारी दोस्रो दोभान कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता अन्तर्गत खस्यौली फुटबल क्लब, दमकडा ब्रदर्श र मणिमुकुन्द एफसीले जित हात पारेका छन् ।

दोभान खेलमैदानमा भएको पहिलो खेलमा खस्यौलीले न्यु युथ युनियनलाई ३–२ ले हरायो । खेलमा खस्यौलीका रेशम थापा म्यान अफ दि म्याच घोषित भए ।

दोस्रो खेलमा दमकडाले चरङ्गे फुटबल क्लबलाई पेनाल्टीमा २–० ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा दमकडाका निखिल क्षेत्री म्यान अफ दि म्याच चुनिए ।

त्यस्तै तेस्रो खेलमा मणिमुकुन्दले गणेश साँस्कृतिक क्लबलाई ३–१ ले हराउँदै दोस्रो चरणमा प्रवेश गर्न सफल भयो । खेलमा मणिमुकुन्दका सुजन राना म्यान अफ दि म्याच बने ।

दोभान फुटबल क्लब, दोभान, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुनिल श्रेष्ठले जानकारी दिए । फाइनल खेल यही कार्तिक १३ गतेका दिन हुनेछ ।

 

Post Comments