News
मकाउमा प्रथम मस्र्याङ्दी कप हुँदै
काठमाडौं । लमजुङ सेवा समिति तथा लमजुङ फुटबल क्लब, मकाउको आयोजनामा त्यहाँ रहेका प्रवासी नेपालीहरुबीच आउँदो डिसेम्बर २९ तारीखका दिन प्रथम मस्र्याङ्दी कप फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताको आवश्यक तयारी शुरु गरिसकिएको तथा टिमदर्ता पनि खुला गरिएको आयोजकले जनाएको छ । साथै टिमदर्ता शुल्क १ हजार हङकङ डलर तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ हजार हङकङ डलर हात पार्नेछ भने उपविजेताले ३ हजार हङकङ डलरसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने