News बराहक्षेत्र कार्तीके पूर्णिमा मेला,पॉचथरमा सेमीफाइनल समिकरण पूरा
रमेश समदर्शी

पॉचथरको फाल्गुनन्द गाउँपालिका २ इम्बुङमा जारी ऐतिहासिक बराहक्षेत्र पूर्णीमा मेलाको अवसरमा आयोजित तेह्रौ बराहक्षेत्र खुल्ला पुरूष नकआउट फुटबल प्रतियोगिताको सोमीफाइनल समीकरण पूरा भएको छ ।

बिहीबार सम्पन्न अन्तिम क्वाटर फाइनलमा आयोजक टु स्टार क्लबलाइ शुनयका विरूद्ध दुइ गोलले पराजित गर्दै नुमाफुङ युथ क्लब सेमिफाइनल प्रवेश गरे संगै सेमीफाइनलको समीकरण पूरा भएको हो । पुरूष तर्फका दुबै सेमीफाइनल खेलहरू कार्तीक ३० गते शुक्रबार हुनेछन ।

पहिलो सेमीफाइनल नाम्तोक क्लब र तुम्वेवा फुटबल क्लब बिच बिहानको ११ बजे र दोस्रो खेल नेम्बाङ केलाङ समाज र नुमाफुङ युथ क्लब बिच दिनको ३ बजे हुने आयोजकले बताएको छ ।

आठ टिम सहभागी रहेको प्रतियोगिताको विजेताले नगद एक लाख दश हजार सहित ट्रफि र उपविजेताले पचहत्तर हजार र ट्रफि प्राप्त गर्नेछन । त्यसै गरी खुल्ला महिला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा एस एस एफसी सुकेपोखरी र फेमेसुवा लुम्फाबुङ शुक्रबार १ बजे भिड्नेछन ।

महिला तर्फको विजेताले दश हजार र उपविजेताले पॉच हजार प्राप्त गर्ने टु स्टार ग्रामिण सिर्जनशिल क्लवका अध्यक्ष विजय नेम्वाङले जानकारी दिनुभयो । कार्तीक २७ गते देखि शुरू भएको मेला मंसिर २ गते सकिनेछ ।

Post Comments