काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार बिभागीय टोली आर्मी फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लबले आ–आफ्नो खेलहरुमा स्पष्ट जित हात पारेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा आर्मीले सातदोबाटो युथ क्लबमाथि ४–० को सहज जित निकाल्यो । आर्मीको जितमा दिगविजय शाहीले ह्याट्रिक पूरा गर्दा थप एक गोल दक्ष लामाले गरेका थिए ।
यो जितपछि ९ खेलबाट ७ अंक जोडेको आर्मी लिगतालिकाको पुछारतिर १०औं स्थानमा छ । त्यस्तै समान खेलबाट ४ अंक मात्र जोडेको पराजित सातदोबाटो लिगतालिकाको ११औं स्थानमा छ ।
त्यस्तै बिहीबार नै भएको दोस्रो खेलमा मच्छिन्द्रले चर्च ब्वाईज युनाइटेडमाथि २–० को जित हात पार्यो । मच्छिन्द्रका लागि कबिर तामाङ र प्रशान्त मेन्बोले गोल गरेका थिए ।
यो जितपछि ९ खेलबाट १८ अंक जोडेको मच्छिन्द्र लिगतालिकाको तेस्रो स्थानमा छ । उता पराजित चर्च ब्वाईज भने १३ अंकका साथ लिगतालिकाको छैठौं स्थानमा छ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा जारी प्रतियोगितामा कुल १२ ए डिभिजन टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको समापन आगामी पुष १६ गतेका दिन हुनेछ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा