News
आयोजक डिपिएस सेमिफाइनलमा
बिराटनगर । आयोजक दिल्ली पब्लिक स्कुल, बिराटनगर जारी दोस्रो डिपिएस रनिङ्ग शिल्ड अन्तर विद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको क्वाटरफाइनलतर्फ डिपिएसले गोदावरी सेकेण्डरी इङ्गलिस बोर्डिङ्ग स्कुललाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । आयोजक स्कुल कै खेलमैदानमा भएको खेलमा डिपिएसका लागि दुवै गोल अमन खवासले गरे । यद्यपि खेलमा प्लेयर अफ दि म्याच भने पराजित गोदावरीका यजन राई घोषित भए ।
दिल्ली पब्लिक स्कुल, बिराटनगरको आयोजनामा जारी प्रतियोगितामा बिराटनगरका कुल १२ विद्यालयका फुटबल टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल खेल यही मंसिर २१ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक