News
डिपिएस रनिङ शिल्डः सनसाईन स्कुल फाइनलमा
बिराटनगर । संघर्षपुर्ण जितका साथ सनसाईन इङलिस स्कुल यहाँ जारी दोस्रो डिपिएस रनिङ शिल्ड अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
पहिलो सेमिफाइनलतर्फ सनसाईनले मोर्डन इरा स्कुललाई टाईब्रेकरमा हरायो । त्यसअघि निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ सनसाईनका लागि आकाश पासवानले गोल गरेका थिए भने मोर्डन इराका लागि उनिष कार्कीले गोल गरेका थिए ।
पेनाल्टी शुटआउटमा भने सनसाईनले मोर्ड इरामाथि ५–४ को जित निकाल्दै फाइनल स्थान सुरक्षित गर्न सफल भयो ।
दिल्ली पब्लिक स्कुल, बिराटनगरको आयोजनामा जारी प्रतियोगितामा बिराटनगरका कुल १२ विद्यालयका फुटबल टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल खेल यही मंसिर २१ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक