News सिस्नेरी एन्फा एकेडेमीका बाल खेलाडीहरुको नियमित प्रशिक्षण शुरु
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । केही महिना अघि गएको सिस्नेरी पहिरोमा परी आफ्ना सँगैका साथीहरु गुमाएर शोक र मर्माहत बनेका एन्फा एकेडेमी, सिस्नेरी, मकवानपुरका युवा खेलाडीहरुले नियमित प्रशिक्षण शुरु गरेका छन् ।

यद्यपि बाल खेलाडीहरुलाई अहिले सिस्नेरीबाट हेटौडा सारिएको छ । उनीहरुले हेटौडा एकेडेमीसँगको सहकार्यमा हेटौडा–११ स्थित सिमलटार मैदानमा नियमित प्रशिक्षण शुरु गरेका हुन् ।

स्मरण रहोस, सिस्नेरी पहिरोमा परि एकेडेमीमा प्रशिक्षण लिईरहेका ६ बाल खेलाडीहरुको निधन भएको थियो । सोही घट्नापछि हाल पनि एन्फा र व्यवस्थापन पक्षको चर्को आलोचना भईरहेको छ । साथै घट्नाबारे निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न हस्ताक्षर अभियान समेत चलाइएको छ ।

Post Comments