News
आयोजक डिपिएस फाइनलमा, उपाधिका लागि सनसाईन स्कुलसँग भिड्ने
बिराटनगर । संघर्षपुर्ण जितका साथ आयोजक दिल्ली पब्लिक स्कुल (डिपिएस) जारी दोस्रो डिपिएस रनिङ्ग शिल्ड अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको दोस्रो सेमिफाइनलमा डिपिएसले अर्पन इङलिस स्कुललाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ डिपिएसका लागि अनुराग पोदारले गोल गरे भने अर्पनका लागि दिवस कटुवालले गोल गरेका थिए ।
यद्यपि टाईब्रेकरमा भने डिपिएसले ३–० ले नतिजा आफ्नो पक्षमा पार्दै फाइनल यात्रा तय गर्यो । खेलमा डिपिएसका इशान धिमाल प्लेयर अफ दि म्याच घोषित भए । डिपिएसले अब यही मंसिर २१ गते हुने फाइनलमा सनसाईन स्कुलसँग उपाधिका लागि भिड्नेछ ।
Post Comments
Related News
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने