News वाल्मिकीलाई हनामी इन्टर स्कुल कपको उपाधि
गोलनेपाल

भरतपुर । प्रतिस्पर्धात्मक नतिजामा जित निकाल्दै यहाँ सम्पन्न हनामी इन्टर स्कुल कप छात्र फुटबल प्रतियोगिताको उपाधि वाल्मिकी स्कुलले जितेको छ ।

फाइनलमा वाल्मिकीले कालिका स्कुललाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि उचाल्न सफल भयो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । पेनाल्टी शुटआउटमा भने वाल्मिकी ८–७ ले विजयी बन्यो ।

प्रतिष्ठित शैक्षिक प्रतिष्ठान हनामीको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेता वाल्मिकीले उपाधिसहित नगद २५ हजार हात पार्यो भने उपविजेता कालिका स्कुलले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । सोही अवसरमा हनामी इन्टरनेशनका संचालक किशोर सुबेदीले प्रतियोगितालाई आउने दिनहरुमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी चितवन जिल्ला फुटबल संघका अध्यक्ष कृष्ण कार्की, प्रतियोगिता संयोजक ध्रुव भुषाल लगायतले पुरस्कृत गरेका थिए ।

भरतपुर फुटबल क्लब, चितवनको आयोजनामा सम्पन्न प्रतियोगितामा चितवनका कुल १९ विद्यालयका छात्र फुटबल टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments