News एपिएफ गण्डकी २५औं आदर्श कपको सेमिफाइनलमा
उमेश पुन

पोखरा । एपिएफ गण्डकी मुख्यालय यहाँ जारी २५औं आदर्श कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ एपिएफले नेपाल आर्मी, सिद्धिदल गणलाई ३–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । एपिएफको जितमा नवराज मगर, रन्जित चौधरी र प्रबिन स्याङ्तनले गोल गरे । पराजित आर्मीका लागि भने मदन लिम्बुले एक मात्र गोल फर्काएका थिए ।

खेलमा एपिएफका प्रबिन स्याङ्तन म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत मंसिर २४ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल कास्की–११ र एन्फा स्याङ्जाबीच हुने आयोजकले जानकारी दियो ।

आदर्श युवा क्लब, पोखरा(२९, भण्डारढिक, सैनिकवस्तीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४२५५२५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,२५५२५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल मंसिर २९ गतेका दिन हुनेछ ।

Post Comments