News
शिर्षता कै होडमा एनआरटी, मच्छिन्द्र र एपिएफको बराबरी
काठमाडौं । उपाधि होड मै रहेको न्युरोडटिम (एनआरटी) ले ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगितामा आइतबार महत्वपूर्ण जित हात पारेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले संकटा फुटबल क्लबलाई २–१ ले हरायो । यो जितपछि १५ खेलबाट ३१ अंक जोडेको एनआरटी लिगतालिकाको दोस्रो स्थानमा छ । पराजित संकटा भने ३० अंकका साथ तेस्रो स्थानमा छ ।
आइतबार नै भएको खेलमा मच्छिन्द्र फुटबल क्लब र एपिएफ फुटबल क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि १५ खेलबाट मच्छिन्द्रको खातामा २७ अंक छ भने एपिएफको खातामा २६ अंक छ । र, दुवै टोली लिगतालिकाको मध्यतिर छन् ।
Post Comments
Related News
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने