News
थ्रीस्टारले आर्मीलाई हरायो, खुमलटारसँग मनाङ स्तब्ध

काठमाडौं । ललित स्मृति यु–१८ लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएका दुई खेलहरुमा समान अन्तरको न ितजा निस्किएका छन् ।
एन्फा कम्प्लेक्समा भएको दुई खेलहरुतर्फ पहिलो खेलमा थ्रीस्टार फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–२ ले हरायो । यो नतिजापछि १६ खेलबाट २९ अंक भएको छ र शिर्ष तीनमा उक्लिएको छ । पराजित आर्मीको खातामा भने १२ अंक छ र पुछारतिरै संघर्षरत छ ।
त्यस्तै अर्को खेलमा एफसी खुमलटारले मनाङ मस्र्याङ्दी क्लबमाथि समान ३–२ को रोमाञ्चक र सनसनीपूर्ण जित निकाल्यो । यो जितपछि खुमलटारको १६ खेलबाट ११ अंक भएको छ र लिगतालिकाको ११औं स्थान मै कायम छ । पराजित मनाङको भने २५ अंक छ र लिगतालिकाको मध्यतिर कायम छ ।
Post Comments
Related News
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- एन्फा यु–१६ युथ लिगको पहिलो चरणको खेलतालिका सार्वजनिक (खेलतालिकासहित)
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने