
ताप्लेजुङको सिरिजङगामा तेल्लोक स्पोर्टिङ क्लबको आयोजनामा जारी चौथो सिरिजङगा गोल्डकपको तेस्रो क्वाटरफाइलमा पारिजात एफसी भारतलाई पराजित गर्दै मरिक एफसी सुनसरी सेमिफाइनल प्रवेश गरेको छ ।
तेल्लोक मा.वि.को खेल मैदानमा मंगलबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा पारिजात एफसीलाई दुइका विरूद्ध तीन गोलले पराजित गर्दै मरिक एफसी प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । खेलको म्यान अफ दि म्याच मरिक एफसी सुनसरीका क्याप्टेन निश्चल लामा घोषित भए । लामाले नगद दुइ हजार एक सय सहित ट्र्फि प्राप्त गरे ।
ऐतिहासिक व्यक्तित्व तेअङसी सिरिजङगा सिंह थेवेको ३२० औं जन्मजयन्तिको अवसरमा आयोजना गरिएको चौथो सिरिजङगा अन्तराष्ट्रिय आमन्त्रित गोल्डकपको बुधबार अन्तिम क्वाटर फाइनलमा सिरिजङगा स्पोर्टिङ क्लब मोरङ र वाईवाई पॉचथर फुटबल क्लब भिड्नेछन ।
मंसिर २३ गते देखि सुरू भएको गोल्डकप २९ गते सम्म सन्चालनमा रहनेछ । आठ टिम सहभागि रहेको प्रतियोगिताको विजेताले २ लाख ५० हजार ५ सय ५५ सहित ट्रफि र उपविजेताले १ लाख २५ हजार ५ सय ५५ सहित ट्रफि प्राप्त गर्ने तेल्लोक स्पोर्टिङक्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो ।