News
संकटासँग आर्मी निराश, मच्छिन्द्र र एनआरटीको बराबरी

काठमाडौं । ललित स्मृति यु–१८ फुटबल प्रतियोगिता अन्तर्गत बुधबार संकटा फुटबल क्लबले महत्वपूर्ण जित हात पार्दा मच्छिन्द्र फुटबल क्लब र न्युरोडटिम (एनआरटी) ले बराबरी खेलेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले आर्मीलाई ३–१ ले हरायो । यो नतिजापछि १७ खेलबाट ३३ अंक भएको छ र शिर्षताको होडमा कायम छ । पराजित आर्मी भने १२ अंकका साथ पुछारतिर १०औं स्थानमा छ ।
त्यस्तै अर्को खेलमा मच्छिन्द्र र एनआरटीले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि १७ खेलबाट ३२ अंक जोडेको एनआरटी पनि शिर्षताको होडमा छ । त्यस्तै मच्छिन्द्र भने २८ अंकका साथ पाँचौं स्थानमा छ ।
Post Comments
Related News
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- एन्फा यु–१६ युथ लिगको पहिलो चरणको खेलतालिका सार्वजनिक (खेलतालिकासहित)
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने