News
एनआरटी र आर्मीको जित
काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार न्युरोडटिम (एनआरटी) र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले जित हात पारेका छन् ।
एन्फा कम्प्लेक्स्मा भएको दिनको पहिलो खेलमा एनआरटीले मनाङ मस्र्याङ्दी क्लबलाई ३–० ले हरायो । यो जितपछि १९ खेलबाट ३८ अंक जोडेको एनआरटी दोस्रो स्थानमा कायम छ । पराजित मनाङको खातामा भने २५ अंक छ र आठौं स्थानमा छ ।
बुधबार नै भएको अर्को खेलमा आर्मीले जावलाखेल युथ क्लबमाथि १–० को झिनो अन्तरको जित निकाल्यो । यो जितपछि १९ खेलबाट १५ अंक जोडेको आर्मी दशौं स्थानमा छ । पराजित जावलाखेल भने २६ अंकका साथ सातौं स्थानमा छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा