News प्रथम पानबारी वडा कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

धरान । ‘खेलकुद विकास बारे युवाको आह्वान, दुव्र्यसनमुक्त वडा निर्माण हाम्रो अभियान’ भन्ने नाराका साथ यही पुष ९ गतेदेखि शुरु हुन गईरहेको प्रथम पानबारी वडा कप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

सयपत्री ब्वाईज युनियन क्लबको आयोजना तथा पानबारी फुटबल क्लब, धरानको सह–आयोजनामा हुन गईरहेको प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।

घोपाली खेलमैदानमा हुने उद्घाटन खेलमा पुष ९ गतेका दिन चौकी डाँडा र घोपाली टोल भिड्ने खेलतालिकामा उल्लेख छ । धरान वडा नम्बर ६ भित्रका कुल १० टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल पुष १५ गतेका दिन हुनेछ ।

धरान उपमहानगरपालिका वडा नम्बर ६ को कार्यालय संरक्षक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिता आयोजनाको मुख्य उद्देश्य वडा नम्बर ६ भित्रका खेलाडीहरु छनौट गरी आउँदै गरेको प्रतिष्ठित गोधुली रनिङ शिल्डका लागि वडा नम्बर ६ को टोली तयार पार्नु रहेको आयोजकले जनाएको छ ।

ֹ

Post Comments