News २५औं बुढासुब्बा गोल्डकप माघमा हुने तय
गोलनेपाल

धरान । मोफसलको पुरानो र प्रतिष्ठित मध्ये एक बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको २५औं संस्करण आगामी माघ १९ देखि २६ गतेसम्म हुने भएको छ ।

आयोजक धरान फुटबल क्लब, धरानले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो । धरान–१६ स्थित रंगशालामा हुने प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी कुल १० टोलीहरुले सहभागिता जनाउने क्लबका अध्यक्ष प्रताप तामाङले बताए ।

टुबोर्ग बियर मुख्य प्रायोजक रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद १५ हजार र ट्रफी, प्रदान गरिनेछ ।

त्यसैगरी सर्वाधिक गोलकर्ताले ट्रफीसहित ३५ हजार हात पार्नेछ भने सर्वोत्कृष्ट खेलाडीले १ लाख प्राप्त गर्नेछ । त्यस्तै अन्य विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुले जनही २५–२५ हजार प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

प्रतियोगिता आयोजनाले धरानको खेलकुद पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले लिएको क्लबका अध्यक्ष तामाङले बताए ।

Post Comments