News
हिमालयनलाई सातौं सोल्टी–११ तमु ल्होसार कपको उपाधि
काठमाडौं । गुरुङ समुदायहरुको महान पर्व तमु ल्होसार (पुष १५) को अवसर पारी वार्षिक रुपमा आयोजना हुँदै आएको सातौं संस्करणको सोल्टी–११ तमु ल्होसार कप खुला फुटसल प्रतियोगिताको उपाधि हिमालयन एफसीले जितेको छ ।
गोंगबु स्थित मनाङ मस्र्याङदी फुटसलमा भएको फाइनल भिडन्तमा हिमालयनले ड्रिम सिन्धु फुटसललाई २–१ ले हराउँदै प्रतियोगिताको सातौं संस्करणको उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।
विजेता बनेको हिमालयनले उपाधिसहित नगद ८० हजार हात पार्यो भने उपविजेता ड्रिम सिन्धुले नगद ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
सोल्टी–११ परिवारको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कुल ३२ फुटसल टोलीहरुले सहभागिता जनाएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- ठमेल ११ लाई प्रथम खुल्ला फुटसल प्रतियोगिता २०८३ को उपाधि
- रुपन्देहीमा अन्तर माविस्तरीय अक्सफोर्ड नेपाल फुटसल कप हुँदै
- बुद्ध युवा क्लबलाई दोस्रो बेस्ट लाईफ कप रिकभरी फुटसलको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न