News
विजेता पुलिस अन्तिम खेलमा पराजित, एनआरटी दोस्रो, संकटा तेस्रो

काठमाडौं । केही खेल खेल्नु अघि नै विजेता बनिसकेको विभागीय टोली नेपाल पुलिस क्लबले ललित स्मृति यु–१८ युथ लिगतर्फ आफ्नो अन्तिम खेलमा पराजय बेहोरेको छ ।
समापन कार्यक्रमको समेत आयोजना गरिएको अन्तिम खेलमा पुलिसले कडा टक्कर दिएको न्युरोडटिम (एनआरटी)सँग १–२ ले पराजित हुन पुगेको हो ।
हारका बावजुद २२ खेलबाट ४८ अंक जोडेको पुलिस शिर्ष स्थानमा रहेर विजेता बन्दा ४७ अंक जोडेको एनआरटी दोस्रो स्थानमा रह्यो । त्यस्तै मंगलबार नै एपिएफमाथि १–३ को जित निकालेको संकटा फुटबल क्लब ४५ अंकका साथ तेस्रो स्थानमा रह्यो ।
Post Comments