News
छैटौं डिएभी कप इन्टर कलेज फुटसल प्रतियोगिता माघमा
काठमाडौं । डिएभी स्पोर्टस क्लब, ललितपुरको आयोजनामा वार्षिक रुपमा हुँदै आएको डिएभी कप इन्टर कलेज फुटसल प्रतियोगिताको छैटौं संस्करण आउँदो माघ १६ गतेदेखि हुने भएको छ ।
डिएभी फुटसल मैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । प्रतियोगितामा +२ मा अध्ययनरत छात्र फुटसल खेलाडीहरुले मात्र सहभागिता जनाउने पाउने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताबारे विस्तृत जानकारीका लागि सम्पर्क नम्बर 9813035657 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि