News
आयोजक जेनिथ (निलो) क्वाटरफाइनलमा

किर्तिपुर । आयोजक जेनिथ युवा क्लब (निलो) यहाँ जारी प्रथम जेनिथ कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सुनवल–३ स्थित किर्तिपुर खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ जेनिथले बर्दघाट–४ लाई शून्यका विरुद्ध ३ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
खेलमा जेनिथका निखिल पुन म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत पुष २० गते शनिबारको खेल सम्झना एफसी र जेनिथ युथ क्लब (रातो) बीच हुने आयोजकले जानकारी दियो ।
जेनिथ युथ क्लब, सुनवल–३, किर्तिपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष निकेश गुरुङले जानकारी दिए । फाइनल खेल माघ ३ गतेका दिन हुनेछ ।
Post Comments