News
रश्मीको ह्याट्रिकमा एपिएफको पनि उत्कृष्ट शुरुवात
काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत उपाधिको बलियो प्रत्याशी एपिएफ फुटबल क्लबले पनि प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको छ ।
शनिबार भएको खेलमा एपिएफले बागमती युवा क्लबलाई ५–१ को फराकिलो अन्तरले हरायो । एपिएफको जितमा रश्मी कुमारी घिसिङले ह्याट्रिक पूरा गर्दा गीता राना र सबिता राना मगरले थप एक–एक गोल गरे ।
उता बागमतीका लागि पुष्पा कुमारी खड्काले एक मात्र सान्त्वना गोल फर्काउकी थिईन् । खेलमा ह्याट्रिक गरेकी एपिएफकी रश्मी कुमारी घिसिङ प्लेयर अफ दि म्याच समेत चुनिईन् ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- बिमलाको निर्णायक गोलमा आत्मा पवित्र फाइनल प्रवेश