News
रश्मीको ह्याट्रिकमा एपिएफको पनि उत्कृष्ट शुरुवात
काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत उपाधिको बलियो प्रत्याशी एपिएफ फुटबल क्लबले पनि प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको छ ।
शनिबार भएको खेलमा एपिएफले बागमती युवा क्लबलाई ५–१ को फराकिलो अन्तरले हरायो । एपिएफको जितमा रश्मी कुमारी घिसिङले ह्याट्रिक पूरा गर्दा गीता राना र सबिता राना मगरले थप एक–एक गोल गरे ।
उता बागमतीका लागि पुष्पा कुमारी खड्काले एक मात्र सान्त्वना गोल फर्काउकी थिईन् । खेलमा ह्याट्रिक गरेकी एपिएफकी रश्मी कुमारी घिसिङ प्लेयर अफ दि म्याच समेत चुनिईन् ।
Post Comments
Related News
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा